आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित ! « Khabarhub

आमिर खानकी छोरीले शेयर गरिन् प्रेमीसँगको यस्तो तस्वीर, फ्यान चिन्तित !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । भलै उनी फिल्म उद्योगसँग नजिक छिन् तर मिडियामा आउन चाहन्निन् ।
सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् ।

उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले आफ्नो सम्बन्धलाई लुकाउन चाहँदैनिन् । तर, हालै उनले सार्वजनिक गरेको एक तस्वीरलाई लिएर फ्यानले चिन्ता व्यक्त गरेका छन् ।

खासमा इराले आफ्नो र मिशालको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जसमा दुवै प्रेम व्यक्त गरिरहेका देखिन्छन् । तस्वीरमा प्रेम झल्किए पनि तस्वीरमा लेखिएको क्याप्सनले भने फरक सन्देश दिएको छ ।

इरानले क्याप्सनमा लेखिन् – सबै ठीक हुनेछ । योसँगै उनले कैयन् ह्यासटाग पनि प्रयोग गरेकी छिन् । उनले मिस यु, जिन्दगी, स्वीकार गर, इट्स ओके जस्ता शब्दलाई ह्यासट्यागमा प्रयोग गरेकी छिन् ।

फ्यानले उनलाई धैर्य रहन आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘के सबै ठीक छ?’ अर्का एक प्रयोगकर्ताले थपेका छन्, ‘तपाईंहरु दुईबीच सबै ठीक छ नि?’

कतिले भने इरा र मिशालको तस्वीरमा खुबै माया दर्शाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ३५ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल