एकदिवसीय क्रिकेट वरियतामा नेपालको घटुवा « Khabarhub

एकदिवसीय क्रिकेट वरियतामा नेपालको घटुवा


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक भएको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ । यसअघि आईसीसी बरियतामा नेपाल १५ औं स्थानमा थियो । पछिल्लो समय नेपालले युएईसँग एकदिवसीय शृङ्खला खेलको थियो ।

उक्त शृङ्खला नेपालले २–१ ले जीतेको थियो । त्यसयता भने नेपालले कुनै पनि देशसँग अन्तर्राष्ट्रिय शृङ्खला खेल्न पाएको छैन् । तर, पनि अन्य देशको तलमाथि हुँदा नेपालको एक स्थान घटुवा भएको हो ।

नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

आईसीसी टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत रहदै ११ औं स्थानमा यथावत रहेको छ । नेपालले १४ खेलमा २०१ रेटीङ पाएको छ । टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १ : ५१ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको