पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले भनिन्– रविले गलत गरे जस्तो लाग्दैन, उनी छुट्छन् « Khabarhub

पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले भनिन्– रविले गलत गरे जस्तो लाग्दैन, उनी छुट्छन्


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूसँग तागत छ भनेर राज्यले कसैलाई पनि अन्याय गर्न नमिल्ने बताएकी छिन् ।
कार्यपालिका(सरकार)ले कुनै दवाव दियो भने पनि न्यायालयले त्यसलाई स्वीकार नगर्ने उनको भनाइ थियो ।

रवि लामिछाने पक्राउ परेपछि कतिपयले अदालती फैसला निष्पक्ष आउनेमा शंका व्यक्त गरिरहेको बेलामा पूर्व प्रधानन्यायाधीश कार्कीले शालिकराम प्रकरणमा अदालतको फैसला पूर्वाग्रही नआउने विश्वास व्यक्त गरिन् ।

तर कहिलेकाँही न्यायसम्पादनमा समस्या देखिने उनको भनाइ थियो । ‘फैसलामा दुधको दुध पानीको पानी’ हुनुपर्ने हो तर कहिलेकाँही न्यायाधीशले त्यसो गर्दैनन्,’ कार्कीले भनिन्,‘तल्लो अदालतबाट सही भएन भने माथिल्लोबाट हुन्छ ।’

रविबारे यसो भनिन्

पूर्व प्रधानन्यायाधीश कार्कीले रवि लामिछानेले कुनै गलत गरेको जस्तो आफूलाई नलागेको बताइन् । एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा उनले सेलिब्रेटी र इमेज भएको मानिसले एक जना व्यक्तिसँग त्यस्तो व्यवहार गर्छ जस्तो आफूलाई नलागेको बताइन् ।

‘मलाई पनि लाग्दैन कि यत्रो अभियान चलाएको मानिसले एउटा मानिसको लागि यस्तो गर्छ भन्ने’ उनले भनिन्,‘अब मुद्दा चलिहाल्यो । अदालतमा गएपछि त मुद्दा चलिहाल्छ । तर उनले सफाइ पाउँछन् । उनी छुट्छन् । मलाई एकदमै विश्वास छ ।’

यस्तो छ पूर्वप्रधानन्यायाधीश कार्कीको भनाइ

कसैलाई अन्यायपूर्ण रुपमा राज्यले आफूसँग तागत छ भनेर फसाउन मिल्दैन । मलाई विश्वास छ अदालतले त्यसो गरी हाल्दैन । कसैले पनि अदालतमा त्यस्तो सिकाएको हुँदैन । अदालतमा विवेक गर्ने मानिसहरु छन्, हेर्छन् । कार्यपालिकाले भन्यो भने पनि त्यसो गर्दैनन् ।

एउटा मानिस मरेर गएको छ(शालिकराम पुडासैनी) । रविलाई दोष लगाएर गएको देखिन्छ । अहिले नै त प्रहरी र अदालतले कारवाही गर्ने नै भयो । तर जहाँ सम्म मलाई लाग्छ दुधको दुध, पानीको पानी हुन्छ । समग्रमा रवि राम्रै मानिस हो भन्ने मलाई लागेको छ । मलाई पनि विश्वास लागेको छैन । जसले त्यत्रो अभियान चलाइ रहेको छ, त्यसले एक जना मानिसको लागि किन त्यसो गर्ला र ? कहिलेकाही निर्दोश मानिस पनि फस्छन् । दुधको दुध पानीको पानी हुनुपर्ने हो तर कहिलेकाही न्यायाधीशहरु त्यस्तो फैसला गर्नबाट चुक्छन् । तल्लो अदालतले गरेन भने पनि माथिल्लोमा त्यस्तो हुँदैन ।

न्यायालयबाट विश्वास घटेको हो ?

हाम्रा आँखाहरु पनि त्यस्तै छन् । कांग्रेसको शासन आउँदा एउटा हुने कम्युनिस्ट हुँदा अर्को खालको हेर्ने दृष्टिकोण हुन्छ । जुन पार्टी सत्तामा हुन्छ त्यसले के चाहन्छ भने मेरो सरकारले गरेको निर्णय वदर नहोस्, अदालतले साथ देओस् । हाम्रोमा हरेकमा दलीय सोच छ । अदालतलाई पार्टीगत चस्मा लगाएर हेर्छौं, आम मानिसमा पनि कमजोरी छ ।

रवि लामिछानेका विषयमा

कसैलाई मुद्दा चल्दैन भन्ने होइन । तर निर्दोश व्यक्तिले सफाइ पाउनुपर्छ भन्ने मेरो मान्यता हो । मलाई पनि लाग्दैन कि यत्रो अभियान चलाएको रवि एउटा मानिसको लागि यस्तो गर्छ भन्ने । अब मुद्दा चलिहाल्यो । अदालतमा गएपछि त मुद्दा चलिहाल्छ । तर उनले सफाइ पाउँछन् । उनी छुट्छन् । मलाई एकदमै विश्वास छ ।

रविको पक्षमा भएको आन्दोलनबारे

जनताले न्याय दिने त होइन, अदालते न्याय दिने हो । राम्रो नराम्रो विषयमा आवाज उठाउने कुरा होला सर्वसाधारणको । तर अदालतमा मुद्दा परिसकेको विषयमा यसरी सडक तात्नु राम्रो हो जस्तो लाग्दैन ।

रविको इमेज छ । सरकारले मुद्दा चलायो त्यो कुरा जनतालाई मन परेन । कुनै योजनावद्ध रुपमा नभइ रविको पक्षमा मानिसहरु उत्रिए । उनले भ्रष्टाचार वेथितिको बारेमा बोलेका छन् त्यसैले उनलाई पक्राउ गरेको जनताले मन पराएनन् । कसैले नेतृत्व गरेर आएको होइन पव्लिक यत्तिकै आएको हो ।

यदी आवाज बन्द गर्ने गरी सरकार उत्रियो या दमन गरो भने त राज्य नै र सरकार नै टिक्दैन । जनतालाई खुसी नपार्ने सरकार कसरी टिक्न सक्छ ?

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ४ : ०३ बजे

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन