प्रभासलाई कपिलको प्रश्न – एक दिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ? | Khabarhub Khabarhub

प्रभासलाई कपिलको प्रश्न – एक दिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभी च्यानलबाट प्रशारण हुने द कपिल शर्मा शोमा यसपटक बाहुबली स्टार प्रभासको उपस्थिति थियो । फिल्मको प्रचारका लागि पूरै टिम उक्त शोमा पुगेका थिए ।

कपिल शर्माले अन्य अतिथिलाई जस्तै साहो टिमलाई खुबै हँसाएका थिए । यसैबीच कपिलले प्रभासलाई सोधे – एकदिन प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्थ्यो?

कपिल शर्माको यो प्रश्न सुनेर प्रभासले भने, ‘म फिल्म उद्योगमा अन्तर्वार्ता दिन बन्द गरिदिन्छु ।’

यो उत्तर सुनेर कपिल शर्मा पनि हाँसे । किनकि, उनी आफैले पनि अन्तर्वार्ता लिइरहेका थिए ।

कपिल शर्माको शोमा आएका निल नितिन मुकेश र श्रद्धा कपूरले पनि रमाइलो गरे । कपिलले यी सबैलाई प्रश्न सोधेका थिए । साहोको कुरा गर्नुपर्दा यो फिल्ममा दमदार एक्सन देख्न सकिनेछ । फिल्मका कारण प्रभासको राम्रो चर्चा छ ।

यो फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : २९ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा