रवि लामिछानेलाई भेटेर महानिरीक्षक खनालले भने, ‘असुरक्षित महशुस नगर्नुस्’ | Khabarhub Khabarhub

रवि लामिछानेलाई भेटेर महानिरीक्षक खनालले भने, ‘असुरक्षित महशुस नगर्नुस्’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन्।

महानिरीक्षक खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटेका हुन्। प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा निस्केका उनले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्।

भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए। त्यही क्रममा उनले रवि र युवराजलाई भेटेका हुन्।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र पत्रकार कँडेल शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आजै महानिरीक्षक खनालले नवलपरासी प्रहरीको पनि निरीक्षण गरेको नेपाल प्रहरीका सह(प्रवक्ता उमेशराज जोशीले बताए।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ३७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर