संसदीय समितिद्वारा चावहिल–साखु सडकखण्डको अनुगमन « Khabarhub

संसदीय समितिद्वारा चावहिल–साखु सडकखण्डको अनुगमन


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले चावहि, जोरपाटी साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको छ ।

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।
सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो ।

सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिइन् । सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृत्ति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न चेतावनी नै दिइन् । उनले भनिन् “ विरालोलाई लगेर तपाईले ढोकामा थुनिदिनुभयो भने तपाईको घाँटी च्याप्न आउँछ । ”

सभापतिको कडा निर्देशन पछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो ।

जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाईन दिन ढिलाई गरेका कारण समस्या भएको भन्दै सम्पुर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ४ वटा कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्ये को लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन् । अनुगमनका क्रममा समितिले चावहिल मैजुबहाल र जोरपार्टी साँखु सडक खण्ड दुराअवस्थामा रहेको ठहर गरेको छ ।

कुन भुगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धान विना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ४५ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको