संसदीय समितिद्वारा चावहिल–साखु सडकखण्डको अनुगमन | Khabarhub Khabarhub

संसदीय समितिद्वारा चावहिल–साखु सडकखण्डको अनुगमन


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले चावहि, जोरपाटी साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको छ ।

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।
सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो ।

सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिइन् । सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृत्ति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न चेतावनी नै दिइन् । उनले भनिन् “ विरालोलाई लगेर तपाईले ढोकामा थुनिदिनुभयो भने तपाईको घाँटी च्याप्न आउँछ । ”

सभापतिको कडा निर्देशन पछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो ।

जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाईन दिन ढिलाई गरेका कारण समस्या भएको भन्दै सम्पुर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ४ वटा कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्ये को लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन् । अनुगमनका क्रममा समितिले चावहिल मैजुबहाल र जोरपार्टी साँखु सडक खण्ड दुराअवस्थामा रहेको ठहर गरेको छ ।

कुन भुगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धान विना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ४५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी