अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने « Khabarhub

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा डुबेपछि छोरीको उपचारको बाहानामा अमेरिका पलायन भएका कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ उतैबाट कलाकारितामा सक्रिय रहने भएका छन् ।

‘मेरी बास्सै’बाट चर्चित बनेको धुर्मुसको थेगो ‘म त मर्छु कि क्या हो’ नाम राखेर उनीहरूले सिरियल बनाउने भएका हुन् ।

धुर्मुसका अनुसार अमेरिकाको क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर यो सिरियल निर्माण गरिएको छ । यो सिरियल नेपाली समयअनुसार हरेक शुक्रबार साँझ ८ः१५ बाट युट्युबबाट सार्वजनिक हुनेछ ।

यस सिरियलमा उनीहरूसहित मोहन मिश्र, दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यू गराएका छन् ।

दर्शकसँग दूरी नबढोस् भन्ने उद्देश्यले अमेरिकाबाटै कलाकारितामा सक्रिय बन्ने प्रयासमा आफूहरू रहेको सीतारामले बताए ।

उनले भने, ‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ । हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : ५८ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल