सरकार नसच्चिए कांग्रेसले सडकबाटै आँधी-बेहेरी ल्याउँछ:  सभापति देउवा | Khabarhub Khabarhub

सरकार नसच्चिए कांग्रेसले सडकबाटै आँधी-बेहेरी ल्याउँछ:  सभापति देउवा


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताएका छन् ।

कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शुक्रबार सुर्खेतमा वीरेन्द्रनगर बोल्दै सभापति देउवाले वर्तमान सरकारले कम्युनिष्ट शासन लादेर शान्ति, सुरक्षा र सुशासन दिनुको सट्टा हत्या, हिंसा, आतंक, भ्रष्टाचार र महँगी बढाएर राष्ट्रलाई अप्ठेरोमा पारेको बताए ।

उनले कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाका लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए । सभापति देउवाले कम्युनिष्टहरु एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको समेत जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखि पार्टी एक बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएकोले पार्टी भित्रको तिक्तता अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरे ।

समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको अन्तद्र्वन्द्व अन्त्य गर्दै एक ढिक्का बनाउने अभियानमा जुटेको बताए ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा कर्णालीका दश जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ४३ बजे

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन