रविको हिरासतकै अडियो सार्वजनिक- यहाँ मलाई जे पनि गर्न सक्छन् | Khabarhub Khabarhub

रविको हिरासतकै अडियो सार्वजनिक- यहाँ मलाई जे पनि गर्न सक्छन्


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार टेकनारायण भट्टराईले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको छ ।

भट्टराईको युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियोमा हिरासतमा रहेका लामिछानेसँग भएको कुराकानीको अडियो समेटिएको छ । हामीले यहाँ पत्रकार टेकनारायणले लामिछानेसँग गरेको कुराकानीको अडियो उतारेर प्रस्तुत गरेका छौं ।

भेट अघिको अवस्था टेकनारायणले वर्णन गरेका छन् । आफू रविलाई भेट्न जाँदा रविको अनुहार मलिन भएको पाएको उनले बताएका छन् ।

पत्रकार टेकनारायणसँग रविले गरेको कुराकानी यस्तो छ– 

शालिकरामको भिडियो दानबहादुर मल्लले नदिएको भए सर्वेन्द्रजिले दिनुभयो होला । उहाँले रिपोर्ट गर्ने त सर्वेन्द्रजीलाई हो नि त । मेरो हिसावमा उहाँले दिनुभयो । उहाँले दिनुभयो भने उहाँमाथि किन छानवीन नगर्ने । अनि मैले उहाँको अन्डरमा भएको छानवीनलाई विश्वास गर्नुपर्ने ?

विनाकारण मलाई म्याद थपिरहनु भएको छ । मैले उहाँको इन्भेष्टिगेशन मान्नु पर्ने हो ? के थाहा मलाई त उहाँले मार्न नि सक्नुहुन्छ नि ! किनभने म विरुद्ध नै देखियो नि । अरु त केही देखिएन । होइन भन्नेदेखि म्याद थप्नुपर्ने केही नभएको देखिइहालियो । ‘गाइडेड मेन्टालिटी’ देखियोकि देखिएन ?

सरकारी प्रमाण चोर्ने रणबहादुरजी चाँही मेरो अनुसन्धान गर्ने हाकिम भएर बस्नु भएको छ । अनी उहाँको मातहतमा उहाँको घरभित्र म सुरक्षित छुँ त ?

राम्रो भइरहेको छ यो ? म्याद थपको औचित्य कहिँबाट पुष्टि हुन्छ ? ‘ह्वाइ आइ एम इन्साइड ? ह्वाइ आइ एम विहाइन्ड दी बार ? फर ह्वाट ? ह्वाट डिड दे निड फ्रम मी ?’

मैले यति मात्र माग गरेको छु । अस्मिता र युवराजलाई मैले चिनाइदिएको भन्ने उसको कुरा हो । त्यो न्यायाधीशको प्रश्नको जवाफ एकमिनेटमा सकियो । उसको भिडियो झूट भन्ने त्यही छ । त्यो सबै स्पस्ट भइसकेपछि पनि यसलाई ‘लिंगरिङ’ गर्नुको कारण केहो ? परिवारले हेरिसकेको भिडियो फेरि दिएर सार्वजनिक गर्नुको मतलव के ?

मलाई समाइयो, ल्याइयो ठिक भयो । अस्मितासँग न फोन न कुराकानी न कुनै सम्पर्क छ । अदालतमा पहिलोपटक देख्दा थाहा भयो यो पहिलो पटकको भेट भन्ने ।

हामीले भए तीन मिनेटमा यो रिपोर्ट बनाएर सकिन्थो । तर पुलिसको यति धेरै दिन लाग्ने रहेछ ।

जसले अनुसन्धान गर्ने भिडियो चोरेर वा निकाले दियो त्यो कसले दियो । दानबहादुर जीले दिनुभयो । मसँग त उहाँले सुरक्षित छ भन्नु भएको थियो ।

दिपक बोहोराको बयान बाँकी छ रे अब । उहाँ भरखर पस्नुभयो हेर्नुभयो भने आधा घन्टामा निस्कनु हुन्छ । कल डिटेल भएन रे ? त्यो ल्याउन कति बेर लाग्छ ? इमेल गरेर माग्यो भने पनि पठाइदिन्छ एनसेलले । अब त्यसको नाममा म्याद थप गर्ने तयारी गरिएको छ ।

यहाँ अनुसन्धान भइरहेको छैन । तलका साथीहरुले काम गरिरहनु भएको छ तर अनुसन्धान पूरै ‘गाइडेड’ छ । यसलाई के गरेर फसाउन सकिन्छ भनेर मात्र तयारी गरिएको छ । फेरि म्याद थप्न कसरी सकिन्छ भन्ने भइरहेको छ । जे पनि गर्न सकिन्छ नि यहाँ त । भाग्न खोज्यो भनेर हान्दिएपनि भयो । त्यो छिद्रामा उहाँहरुले खेलिरहनु भएको छ ।

अब मैले के गर्ने ? यदी सरकारको अनुसन्धानको घेरा भित्र रहेको सरकारी कागज श्रव्य दृश्य, मुख्य सामाग्री लगेर बुझाइदिनुभयो । रुकु कार्की भन्ने बहिनी हुनुहुन्छ उहाँको मानहानी पनि भएको छ । उसले लगाएको सबै आरोपहरु गलत छन् । बदलाको भावनाले आत्महत्या गरेर मरेको छ शालिकराम ।

उहाँहरुको अनुसन्धान मरिसकेको मान्छे ल्याए मात्र पूरा हुन्छ । मरेको शालिकरामलाई कहाँबाट ल्याउने ?

कुनै दिन प्रचण्डलाई सलाम गर्थे भन्दैमा दानबहादुरजी जे पनि गर्न पाउँछ ?

आवाजविहीनहरुको आवाज बोल्ने मान्छेलाई सिधै मार्दे भै गो नि त्यस्तो पीर छ भने ।

मैले भनेको छु त्यस्तो कुनै योजना छ भने छातिमा हान्नु हान्न चाँहि छातिमा हान्नु पिठ्युतिर नहान्नु भनेको छुँ ।

मलाई गरिएको व्यवहार राम्रो छ यहाँ । यहाँ जति राम्रो गरेपनि निर्णय नै गलत गर्न खोजियो भने । सबैले मलाई माया गरेका छन् । तर त्यसले म्याटर गरेन । सुमसुम्याएर भिरबाट धकेलेपछि त्यो सुमसुमाइको मजा के भयो ?

के न्याय यही हो त ? समाचार कक्षमा प्रहरीको बुट बज्छ । हत्या र आत्महत्या पुष्टि नै नभइ समाचार कक्षमा प्रवेश गरेर उठाएर ल्याइदियो । त्यसपछि जबरजस्ती उसको प्रहरीलाई ल्याएर जाहेरी हाल्न लगाइयो ।

शालिकरामले मलाई अत्याधिक मायो गर्थ्यो । कसैले उसलाई रविदाइले तेरो बारेमा देखाउँदै छ भनेपछि उ टुट्यो । यही देखाएपछि त म सिद्धिन्छु भन्ने उसलाई भयो । उसले यो विषयमा बुझेन ।

मलाई एक कल फोन गरेन गर्न सक्थ्यो । किन गरेन मलाई भने उसले मसँग झुट बोलेको थियो । मार्केटिङमा जान्छु भनेको थियो तर गएकै दिन बेलुका गएर कार्यक्रम गर्‍यो ।

उसलाई लाज भयो । मनमन नै विवस भयो । युवराजले यो भएन उ भएन भनेको कुराले उसलाई पीडा हुँदो रहेछ त्यो उसले पोख्यो । श्रीमतीलाई झुक्याएर अस्मितासँग सम्बन्ध राखेको छ, जो सबैभन्दा पीडित उ छ तर उसलाई फसाइएको छ ।

सबै थाहा हुँदा हुँदैपनि श्रीमतीसँग राम्रो देखिन मसँग लाजले, युवराजसँग रिसले र आफूसँग विवाह गर्न नमानेपछि अस्मितासँग रिस देखाउन प्रतिसोध देखाउन भिडियो बनायो ।

म यहाँ कितावहरु पढिरहेको छु, मैले पत्रिकाहरु पढिरहेको छैन ।

मुलधार मिडियाले मैले गरेको कामलाई पत्रकारिता मानेन । लोकप्रिय भएको देखेपछि कतिपयलाई यो के पत्रकारिता भनेको होला भने ।

म सञ्चारकर्मी हुँ । म पत्रकार भइरहेको छैन । सबै मानिसको प्लेटफर्म भएका कारण चर्चा भयो होला । तर  मूलधारका पत्रकारले मलाई आफ्नो प्रतिस्पर्धी मान्नु भएको छ । मैले गरेको कामले पत्रकारितामा सहयोग गरेको होला ।

म्याद थपपछि चाँहि मलाइ के लाग्यो भने के योजना छ मलाई सजिलै निस्कन दिँदैनन् भन्ने लागेको छ । अदालतमा शालिकरामको भनाइ गलत भएको बताइसकियो तर फेरि म्याद थप गरियो । मलाई शंका भयो । भिडियो सार्वजनिक गर्नेलाई कारवाही नभएका कारण शंका छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : ३९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर