नेयमारको गोलमा पीएसजीको जित « Khabarhub

नेयमारको गोलमा पीएसजीको जित


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई हराएको छ । आइतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनविरुद्ध १–० को जीत हासिल गरेको हो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि गोल गरेका थिए । जितसंगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ ।

अघिल्लो हप्ता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए ।

लगातार दोस्रो खेलमा समेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीलाई स्तब्ध पारेका हुन् । नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । उनी बार्सिलोनासंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए ।

उनी टिममा फर्किएपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन् । उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ । सोही कारण रियल मड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन् ।

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ । लियोन ८ अंक सहित नवौ स्थानमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : २५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित