अझै तीन दिन पानी पर्ने सम्भावना « Khabarhub

अझै तीन दिन पानी पर्ने सम्भावना


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आंशिक देखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । जस अनुसार सोमबार आज मौसममा सामान्य बदली रहेने विभागले जनाएको छ । देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ०७ गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०८ गते (बुधबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : १६ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको