खानेकुरा फाल्ने गर्नुभएको छ ? नगर्नुस् त्यस्तो गल्ती « Khabarhub

खानेकुरा फाल्ने गर्नुभएको छ ? नगर्नुस् त्यस्तो गल्ती


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

खाना बाच्नका लागि खाइन्छ, शोख पुरा गर्न होइन । तर आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।

नेपाल भोकमरी देशको सूचीमा नपरे पनि हजारौ नेपालीहरु दैनिक भोकै सुत्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएकाहरु मात्र होइन, खानाको अभावमा मानिसहरु भोकै हुने गरेका छन् ।

जसको कारण तयारी खाना धेरै भएर त्यसको नष्ट हुनु वा फ्याकिनु हो । बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना नष्ट भएर जाने गर्दछ ।

तर हामीले फ्याकिएर नष्ट हुने खाना बचाउन सक्यौ भने त्यसले हामी स्वयम्लाई आर्थिक लाभ गर्ने त छदै छ, अरु ब्यक्तिको समेत खाना खोसिदैन । आखिर खाना फ्याकिनबाट कसरी बचाउने त ?

खाना बचाउने १० उपाय

१. एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्नुहोस् ।
२. खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर बनाउनुहोस् ।
३. यदि खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्नुहोस् ।
४. खाना ठिक्क वा बरु कम कम खाने बानी बसाउनुहोस् । अपच हुने गरी नखानुहोस् ।
५. खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्काे खाना बनाउनुहोस् ।
६. जहिले पनि खाना खादाँ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने गर्नहोस् ।
७. खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर किन्ने गर्नुहोस् ।
८. छिटो बिग्रने सामाग्री चाहिदो मात्रामा किन्ने बानि बसाउनु होस् ।
९. चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्नुहोस् ।
१०. फलफुल, हरीयो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्नुहोस् ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री नष्ट वा फ्याकिने समस्याका कारण यसको अभाव हुने गरेको जनाएको छ ।

नेपालका होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा नष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरै नेपालीले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यसो भए आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त ? कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ३४ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या