सरकारको कामलाई लिएर निरासा बढाउने कोसिस भइरहेको छ–मन्त्री अर्याल | Khabarhub Khabarhub

सरकारको कामलाई लिएर निरासा बढाउने कोसिस भइरहेको छ–मन्त्री अर्याल


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको दाबी गरेकी छिन् ।

राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताइन् ।

नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुन्छ भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने धारणा राखिन् ।

अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हुँदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिन्  ।

अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकालाई आग्रह गरिन् ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहीरूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ०० बजे

घरसँगै नागरिकता जलेपछि पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको

क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी

रोल्वालिङ हिमपहिरो अपडेट : पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा– रोल्वालिङ हिमशृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार

प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो

कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा

काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको