‘नेपाल आइडल’का उत्कृष्ट ३ ले विश्व भ्रमण गर्ने « Khabarhub

‘नेपाल आइडल’का उत्कृष्ट ३ ले विश्व भ्रमण गर्ने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल सिजन ३’ का उत्कृष्ट तीनलाई विश्व भ्रमण गराउने अधिकार पाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरियो ।

गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उत्कृष्ट ३ को ग्राण्ड फिनाले पनि गृष्मा ब्रोडकास्टिङले नै गर्नेछ ।

गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले भने, ‘हामी अत्यन्त उत्साहित छौ कि हामी नेपाल आइडलसंग जोडिएका छौँ ।’ साथै उनले नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीनलाई विदेशमा रहेका हरेक नेपालीमाझ पु¥याउने बताए ।

यो सम्झौतापछि एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङको हुनेछ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउँदा आफुहरु खुशी लागेको एपीववानका जीएम लक्ष्मीप्रसाद पौडेलले बताए ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : ३१ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत