कर्णाली प्रदेश – बजेट खर्च छानबिन गर्न समिति गठन « Khabarhub

कर्णाली प्रदेश – बजेट खर्च छानबिन गर्न समिति गठन


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।

आव.२०७५/७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उनले बताए ।

“समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ”, प्रवक्ता केसीले भने “जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।” त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी प्रदेश सरकारको सोही दिनको बैठकले दैलेख निवासी सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत रु पाँच लाख र करेन्ट लागेर बिरामी हुनुभई काठमाडौँमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईंलाई रु एक लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : ०९ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत