कर्णाली प्रदेश – बजेट खर्च छानबिन गर्न समिति गठन « Khabarhub

कर्णाली प्रदेश – बजेट खर्च छानबिन गर्न समिति गठन


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।

आव.२०७५/७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उनले बताए ।

“समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ”, प्रवक्ता केसीले भने “जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।” त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी प्रदेश सरकारको सोही दिनको बैठकले दैलेख निवासी सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत रु पाँच लाख र करेन्ट लागेर बिरामी हुनुभई काठमाडौँमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईंलाई रु एक लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : ०९ बजे

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा