१ सय ७८ वर्ष पुरानो बेलायती टूर कम्पनी थोमक कूक टाट पल्टिएको घोषणा | Khabarhub Khabarhub

१ सय ७८ वर्ष पुरानो बेलायती टूर कम्पनी थोमक कूक टाट पल्टिएको घोषणा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरेको छ । कम्पनीले विश्वभर गरेका ६ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ ।

बेलायत सरकारले हाल विदेशमा यात्रारत १ लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका ४ वटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ, जसमा ९ हजार बेलायती नागरिक छन् ।

ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो ।

बेलायतको १ सय ७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोरहरु रहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

फ्यान्काउजरले विज्ञप्ति जारी गर्दै कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन् ।

कम्पनीको सेवा लिएका, तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ ।

बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए ।

थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : २१ बजे

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५