विप्लव समूहका नेता बम र पेस्तोलसहित पक्राउ « Khabarhub

विप्लव समूहका नेता बम र पेस्तोलसहित पक्राउ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् ।

प्रतिबन्धित विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् ।

विष्टलाई भोजपुर नगरपालिका–१० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान अटोमेटिक पेस्तोल, २ थान पेस्तोलेको म्यागेजिन र १० राउण्ड गोली बरामद भएको छ । उनको साथबाट २ वटा मोबाइल, १२ थान सिम कार्ड र नगद ५ हजार ९ सय ७० रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी नर बहादुर सलामी मगरले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ३८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन