राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर « Khabarhub

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् ।

राजपाको आइतबार बसेका अध्यक्ष मण्डलको बैठकले आज (सोमबार) बाट लागू हुने गरी पार्टीको विधान बमोजिम ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

यसअघि राजकिशोर यादवले पार्टीको संयोजकको जिम्मेवारी सम्हालेका थिए । पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्थाअनुसार ठाकुरले दोस्रोपटक संयोजकको जिम्मेवारी पाएका हुन् ।

चक्रिय प्रणालीअनुसार दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने राजपाको विधानमा व्यवस्था गरिएको छ ।

तराई मधेस केन्द्रीत ६ वटा पार्टी एकीकरण भएपछि बनेको राजपा नेपालमा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  २ : १३ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन