प्रदेश १ मा कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित « Khabarhub

प्रदेश १ मा कांग्रेसको विरोधकाबीच मनमोहन विश्वविद्यालय विधेयक पारित


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को प्रदेशसभाले नेपाली कांग्रेसको विरोधका बाबजुद मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ ।

सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक प्रदेसभाको बहुमतले पारित गरेको हो ।

कांग्रेस सांसदहरुले विरोधकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री घिमिरेलाई समय दिएका थिए ।

विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा कांग्रेसले असहमति जनाएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  २ : ४० बजे

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ