‘सिने स्टार अवार्ड २०२०’ क्यानडामा हुने « Khabarhub

‘सिने स्टार अवार्ड २०२०’ क्यानडामा हुने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै क्यानडाको टोरन्टोमा कार्यक्रम हुने जानकारी दिइयो ।

आयोजकका अनुसार आगामी जनवरीको अन्तिम साता अवार्ड समारोह हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुख्य आयोजनामा अवार्ड कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।

यस्तै अवार्डमा लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको समेत सहकार्य रहनेछ ।

हिल्सा इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रतिक बुढाथोकीका अनुसार पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड गरिने भएको हो । उनले विश्वव्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डले भूमिका निभाउने जिकिर गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायतको उपस्थिति थियो ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि आशा गरिएको छ । दैनिक १ लाख बढी पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्यमध्येको एक नायग्रा फल्समा नेपाली चलचित्र र नेपाली पहिचानलाई पु¥याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

ड्रिम हाइ नेपाल प्रालिको इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ मा १२ विधामा अवार्ड वितरण गरिनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ ।

२०७५ सालभरमा प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुने आयोजकले जनाएको छ । अवार्ड जनवरी ३१ तारिखमा हुनेछ । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी लगायत छन् । निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ३९ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो