३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन « Khabarhub

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हेर्न लामो समयपछि फिल्म हलमा दर्शकको भीड लागेको हो ।

चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आइतबार पनि उत्साहजनक व्यापार गरेको छ । वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा ३ करोड २५ लाख रुपैयाँ कमाइ गरेको थियो भने आइतबार मात्र १ करोड ७ लाखको व्यापार गरेको हो ।

समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको ‘कबड्डी ३’ कमेडी जानरामा निर्माण भएको हो । चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि यसका दुई सिक्वेल सुपरहिट भइसकेका छन् ।

निर्देशक गुरुङले यसको अन्तिम तथा चौथो सिक्वेल पनि बन्ने बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ५४ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज