निजगढ विमानस्थल निर्माणका लागि स्वीजरल्याण्डको सरकारी कम्पनी मात्रै योग्य « Khabarhub

निजगढ विमानस्थल निर्माणका लागि स्वीजरल्याण्डको सरकारी कम्पनी मात्रै योग्य


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि स्वीजरल्याण्डको कम्पनी फ्लुगाफेन ज्यूरिच एजी मात्रै योग्य ठहरिएको छ ।

विभिन्न कम्पनीबाट आएका निर्माण प्रस्तावको अध्ययन पछि सरकारले स्वीजरल्याण्डको कम्पनी जूरिच एजीलाई योग्य ठहर गरेको हो ।

सोमबार बसेको लगानी बोर्डको बैठकले जूरिच एजीको निर्माण प्रस्ताव स्वीकृत गर्दै विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ ।

गत चैतमा सम्पन्न लगानी सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनालाई ‘सो–केश’मा राखिएको थियो ।

सम्मेलनमा सहभागी विभिन्न देशका कम्पनीमध्ये ६ वटा कम्पनीले निर्माणका लागि प्रारम्भिक प्रस्ताव पेश गरेका थिए ।

निर्माणको प्रस्ताव पेश गर्नेमा नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेज, चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट, फ्रान्सको कम्पनी भिन्ची एयरपोर्ट, भारतीय कम्पनी जीएमआर र स्वीजरल्याण्डको कम्पनी फ्लुगाफेन ज्यूरिच एजी थिए ।

निर्माणको प्रस्ताव पेश गर्नेमध्ये जूरिच एजीको प्रस्ताव मात्रै स्वीकृत भएको हो ।

जूरिच इन्टरनेशन एयरपोर्ट कम्पनीले स्वीजरल्याण्डको जूरिचमा एउटा विमानस्थल (जूरिच इन्टरनेशनल एयरपोर्ट) सञ्चालन गरिरहेको छ ।

यो कम्पनीले विभिन्न देशमा विमानस्थल सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ । यो कम्पनीको अधिकांश शेयर स्वामित्व स्वीजरल्याण्ड (क्यान्टन अफ जूरिच) को समेत शेयर स्वामित्व छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ५५ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत