विदेश पठाइदिन्छु भन्दै डेढ करोड ठगी गरेकी विमला २ वर्षपछि पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै डेढ करोड ठगी गरेकी विमला २ वर्षपछि पक्राउ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै डेढ करोड ठगी गरेको अभियोगमा दोषी ठहर भएकी बिमला थापा २ वर्षपछि पक्राउ परेकी छन् ।

सरीता कुमारी सापकोटाको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले २६ असार २०७४ मा बिमलाविरुद्ध १ करोड ५० लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

बिमला भने न्यायाधीकरणको फैसलापछि फरार थिइन् । काठमाडौं महानगरपालिका–१० घर भएकी बिमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेकी बिमलालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको सीआईबीका प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २४ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्