विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने « Khabarhub

विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजहरुलाई शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडी बढाउने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल), शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित गृह र शिक्षा मन्त्रालयका अधिकारी सम्मिलित वैठकले विद्यार्थीसँग गैर कानुनी रुपमा शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न एक महिनाको समय दिने र एक महिनामा पनि शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

मेडिकल कलेजहरुले मेडिकल विद्यार्थीसँग सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको गुनासो आएपछि सरकारले सो विषयमा छलफल गरेको हो ।

बैठकमा गृहमन्त्री थापाले मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा शुल्क लिन नपाइने भन्दै विद्यार्थीहरुको समस्या समाधानका लागि बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता नगरे कारबाही गर्ने बताए । यस्तै शिक्षामन्त्री पोखरेलले गर्त वर्ष मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेको भन्दा बढी शुल्क लिएमा सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यलयमा उजुरी दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार मात्रै शुल्क लिन पाउने व्यावस्था गरेको छ ।

तर मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग गैर कानुनी रुपमा शुल्क लिएको विद्यार्थीहरुको गुनासो छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै देशभरका मेडिकल विद्यार्थीहरुले आन्दोलनका लागि संर्घष समिति नै बनाएर आन्दोलनका कार्यक्रमहरु समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : १६ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि