नाकबाट रगत बग्ने समस्या छ ? खानुस् मिश्री पानी « Khabarhub

नाकबाट रगत बग्ने समस्या छ ? खानुस् मिश्री पानी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मिश्री खाँदा गुलियो हुने भए पनि यो मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । सामान्यतया होटलमा खाना खाइसकेपछि माउथ फ्रेसरनरका लागि सुपसँग मिस्रीको प्रयोग गरिन्छ ।

बजारमा ठूलो खालको मिश्री पनि पाइन्छ । जुन धागोमा उनीएर बनाइएको हुन्छ । यसलाई घरमा पूजापाठमा प्रसादको रुपमा पनि पनि प्रयोग गरिन्छ ।

मिश्री खानुका फाइदा

चिसौ मौसममा धेरै मानिसहरु बिरामी हुने गर्दछन् । यो मौसमा रुघाखोकी, घाँटीमा खसखस हुनु सामान्य हो ।

यस्तो अवस्थामा मिस्रीसँग कालो खुर्सानी पाउडर घिउलाई मिक्स गरेर राति सुत्ने समयमा सेवन गर्दा केही दिनमा नै राहत मिल्ने चिकित्सकहरु बताउँछन् ।

शरीरमा हेमोग्लोविनको मात्रा कम हुँदा रगतको कमी हुने गर्दछ, जसले कमजोरी महशुस गराउँछ । यस्तोमा नियमित रुपमा मिस्रीको सेवनले शरीरमा रगतको कमि हुँन दिँदैन भने रक्त सञ्चारमा अहं भूमिका खेल्छ ।

मिस्रीको सेवन सुपसँगै गर्नाले पाचन प्रक्रिया पनि सन्तुलित रहन्छ । किनकि यसमा पाचक गुण पाइन्छ, जसले पचाउन र पेटसम्बन्धी समस्या समाधानमा सहयोग गर्दछ ।

मिस्रीले शरीरमा इनर्जी दिन्छ र शरीरमा बेग्लै किसिमको फूर्ति रहिरहन्छ ।

नाकबाट रगत आउने समस्याका लागि पनि मिस्री अचुक औषधि मानिन्छ । नाकबाट रगत बग्ने विभिन्न कारणहरु हुन सक्छन् । एउटा कारण भनेको अधिक गर्मी हुनु पनि हो ।

गर्मी समयमा मानिसहरुको नाकबाट रगत बग्ने गर्दछ । यस्तो अवस्थामा मिश्री पानी खानाले शरीरलाई शितलता प्रदान गर्दछ र रगत बग्ने समस्या समाधान हुन्छ ।

त्यस्तै गर्मी समयमा राति सुत्दा हात–खुट्टा भत्भती पोल्ने समस्या छ भने पनि कागती को रसमा मिसाएर मिश्री पानी खानाले त्यो समस्या समाधान हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ५४ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन