नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता | Khabarhub Khabarhub

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पोरेशनले ४२ महिनामा यो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सोमबार सम्झौता भएको हो ।

मुआब्जा रकमसमेत गरेर सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार यो रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म रु चार अर्ब मुआब्जावापतको रकम बाँडिसकिएको छ ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए । उनले भने, “फ्लाइ ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।”

जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले यसअघि माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ४५ बजे

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने