२९ सडक बालबालिकाको उद्धार « Khabarhub

२९ सडक बालबालिकाको उद्धार


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरेको छ ।

भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकाहरुलाई आश्रयका लागि पुनःस्थापना गृहमा पठाइएको छ ।

टोलीले पशुपति क्षेत्र, रत्नपार्क, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, नयाँ बसपार्क, सामाखुशी र बालाजु क्षेत्रबाट १७ बालक र १२ बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

दिउँसो सडकमा बालबालिका नभेटिने र रातभर सडकमै बसेर दुर्व्यसनमा संलग्न हुने गरेकाले राति ८ बजेदेखि बिहान ३ बजेसम्म खोजतलास गरेको उनले बताए ।

उनीहरुलाई सडक बालबालिका पुनःस्थापनाका लागि ‘सोभर रिकभरी एण्ड ट्रिटमेन्ट सेन्टर’ आरुबारीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

तीन बालबालिका दुर्व्यसनमा संलग्न रहेको भेटिएकाले प्रहरीले थप अनुसन्धानका लागि लगेको सेन्टरका संस्थापक छिरिङ वाङ्दुले बताए । उक्त सेन्टरमा पुनःस्थापनाका लागि हाल ६० बालबालिका राखिएको उनले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ०१ बजे

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी नै छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन