घटेको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी « Khabarhub

घटेको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले ग्यासमा घटाएको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेता व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गत असोज ३ गते निगमले ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाए पनि कार्यान्वयन नभएको पाइएपछि निगमले यस्तो चेतावनी दिएको हो ।

आयल निगमको टोलीले सोमबार विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा एल पी ग्यास उद्योगीहरुले विक्रेतामार्फत ग्यास विक्री वितरण गराउँदमा घटेको मूल्यमा बिक्री नगरेको हुँदा नयाँ मूल्य कार्यन्वयन गर्न सूचित गरेको छ ।

यदि कार्यन्वयन नगरे तथा गुनासो आएमा कानून बमोजिम कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ ।

काठमाडौं उपत्यका लगायत अन्य पहाडी क्षेत्रमा नयाँ खुद्रा विक्री मूल्य ग्यास प्रति सिलिण्डर १३ सय ५० तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ तोकिएको छ । त्यसैगरी अन्य तराईका जिल्ला १३ सय ३० तोकिएको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : २४ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान