एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक « Khabarhub

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वाेत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन् ।

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका छन् ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले यही असोज ३ गते र काठमाडौं विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

दुवै विश्वविद्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बीडीएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ४० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन