अण्डाको लागतअनुसार मूल्य कायम गर्न किसान र व्यसायी सहमत « Khabarhub

अण्डाको लागतअनुसार मूल्य कायम गर्न किसान र व्यसायी सहमत


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतिपछि नयाँ मूल्य कायम गरिएको हो ।

नयाँ मूल्यअनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । सोमबार कायम भएको नयाँ मूल्य अनुसार बिक्रीवितरण नगर्नेलाई कारवाही गर्ने संघले जनाएको छ । नयाँ मूल्य सोमबारबाटै लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७–७ सदस्यीय समिति गठन गरिएको छ ।

किसानहरुले लामो समयदेखि अण्डाको उचित मूल्य नपाउँदा व्यवसायी धरासीय हुँदै गएकाले नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका पाण्डेले बताए । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले आफै अग्रसर भएर मूल्य वृद्धि गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी किसान तथा सप्तार्यसहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्कर्षसमेत निकालेका छन् । मूल्य निर्धारण र अनुगमनका लागि सर्वपक्षिय समिति समेत गठन गरेका छन् ।

यसअघि भदौँ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घटेर २२० रुपैया पुगेको अण्डाको प्रति क्रेट मूल्यलाई वृद्धि गरि २५० रुपैयाँ किसानको मूल्य कायम गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : १५ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान