चन्दननाथमा अग्नि निभाउने उपकरण जडान « Khabarhub

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर हाइड्रेन्ट) जडान गरिएको छ ।

 आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाभित्रको वडा नं २ र ३ मा ती उपकरण  जडान गरिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिइन् ।  

विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन गर्नेका लागि र बस्तीमा आगो लागे तत्काल पानी उपलब्ध गराई आगो नियन्त्रण गर्न सहज बनाउने लक्ष्यसहित अग्नि निभाउने उपकरण गरिएको जनाइएको छ । 

नेपाल रेडक्रस सोसाइटीले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाका घना बस्ती तथा आगलागीको उच्च जोखिम रहेका स्थानलाई प्राथमिकतामा राखेर परियोजनाले काम गरिएको छ ।

आपत्कालीन अवस्थामा दमकल, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकले नजिकैबाट पानी प्रयोग गरी आगलागी नियन्त्रण गर्नेका लागि उक्त वडाका बस्तीमा अग्नि निभाउने उपकरण जडान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सुपर  परियोजना संयोजक सुवेदीले बताइन् ।

फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकाले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति हुने चन्दनाथ नगरपालिका नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए ।  

अग्नि निभाउने उपकरण  जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने अपेक्षा राखिएको स्थानीयवासीको भनाइ छ ।  रासस

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ११ : ४१ बजे

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र