गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति « Khabarhub

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो ।

यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन । अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र निर्णय हुँदै आएको थियो ।

सरकारको स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना, शैक्षिक कार्यक्रम सञ्चालन तथा आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढ्ने छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ११ : २६ बजे

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र