पोर्चुगलमा नेपाली झण्डा बोकेरै २ किलोमिटर दौडिए यी बालक « Khabarhub

पोर्चुगलमा नेपाली झण्डा बोकेरै २ किलोमिटर दौडिए यी बालक


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन- पोर्चुगलको लिस्बनमा भएको मिनी म्याराथुनमा नेपाली बालकले राष्ट्रिय झण्डा बोकेरै २ किलोमिटरको दौड पूरा गरेका छन् ।

अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका ती नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पूरा गरेका हुन् ।

लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेश पाण्डेयसँगै उनका भाइ युरेक पाण्डेयले पनि भाग लिएका थिए । म्याराथन क्लब पोर्चुगलको आयोजनामा गत शनिबार राजधानी लिस्बनमा “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” भएको हो ।

युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताए । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको उनले बताए ।

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ०७ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र