नेपाल र बंगलादेश व्यापार वार्ता : भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्नेबारे छलफल | Khabarhub Khabarhub

नेपाल र बंगलादेश व्यापार वार्ता : भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्नेबारे छलफल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र बंगलादेश द्विपक्षीय चौथो व्यापार वार्ता सुरु भएको छ । दुई देशबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव स्तरीय व्यापारसम्बन्धी वार्ता मंगलबारदेखि सुरु भएको हो ।

वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा १४ सदस्यीय टोली र बंगलादेशबाट सहसचिव सरिफा खानको नेतृत्वमा सात सदस्यीय टोलीले छलफल गरेका हो ।

छलफलमा बंगलादेशका वाणिज्य सहसचिव सरिफा खानले द्विपक्षीय व्यापार छलफलले दुई देशबीचको सम्बन्ध राम्रो बढ्ने बताइन् । उनले यस्ता छलफलले विश्व व्यापार लागि पनि सहज हुनेमा जोड दिइन् ।

मंगलबार द्विपक्षीय वार्ताका मुख्य व्यापार एजेन्डा काठमाडौं ढाका बस सेवालाई व्यवस्थित र नियमित बनाउने, नेपाल–बंगलादेशबीच ऊर्जा व्यापार, पर्यटन, विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान, भारत–बंगालादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने, नेपालको कृषि वस्तु निकासीका अवरोध हटाउने, नेपालको धागो निकासीलाई बंगलादेशले सहज पहुँच दिने, भन्सार छुटको सूची हेरफेर तथा थप गर्ने, बंगलादेशमा रहेका नेपाली विद्यार्थीका समस्या समाधानलगायतका विषयमा छलफल केन्द्र रहेको थियो ।

नेपाल र बंगालदेशबीच २० चैत २०३२ मा व्यापार तथा भुक्तानी र पारवहन सम्झौता भएको थियो । त्यसयता नेपाल र बंगलादेशले औपचारिक रूपमा व्यापार गर्दै आएका छन् । आपसी बढ्दो व्यापारलाई ध्यान दिँदै व्यापार तथा पारवहनको सम्झौता गर्न दुवै मुलुक सकारात्मक रहेका छन् ।

नेपालले बंगलादेशमा जडीबुटी, धागोलगायत विभिन्न वस्तु निर्यात गर्दै आएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार नेपालले बंगलादेशबाट ४ अर्ब २४ करोड मूल्यबराबारको आयात भइरहको र नेपालबाट बंगलादेश १ अर्ब २९ करोड मूल्यबराबरको वस्तु मात्र निर्यात भइरहेको छ । सो तथ्यांकअनुसार नेपालको बंगलादेशसँगको व्यापार घाटा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : १५ बजे

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सुदूरपश्चिम– पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप

राप्रपा नेताले सेयर गरेका थिए माओवादी सांसदले ‘किस गरिरहेको टिकटक भिडिओ’, अब चलाइयो मुद्दा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामाले किस