कस्तुरीको बीनासहित दुई जना भारतीय पक्राउ « Khabarhub

कस्तुरीको बीनासहित दुई जना भारतीय पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको हो ।

जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए ।
बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ४९ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको