शवदाह बन्द गर्ने घोषणा गर्दै आर्यघाटका कर्मचारी आन्दोलित | Khabarhub Khabarhub

शवदाह बन्द गर्ने घोषणा गर्दै आर्यघाटका कर्मचारी आन्दोलित


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम गर्दै आएका घाट सेवा केन्द्रका कर्मचारीहरु आन्दोलित बनेका छन् । शव जलाउने काम नै बन्द गर्ने कर्मचारीहरुले घोषणा गरेका हुन् ।

कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आर्यघाटमा शव जल्न बन्द हुने स्थिति उत्पन्न हुँदा पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले समस्या समाधानको लागि वार्तामा बसेको जानकारी दिए ।

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो । पशुपति आर्यघाटमा दैनिक करिब एक सय वटा शव जल्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताए ।

हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’