शवदाह बन्द गर्ने घोषणा गर्दै आर्यघाटका कर्मचारी आन्दोलित « Khabarhub

शवदाह बन्द गर्ने घोषणा गर्दै आर्यघाटका कर्मचारी आन्दोलित


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम गर्दै आएका घाट सेवा केन्द्रका कर्मचारीहरु आन्दोलित बनेका छन् । शव जलाउने काम नै बन्द गर्ने कर्मचारीहरुले घोषणा गरेका हुन् ।

कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आर्यघाटमा शव जल्न बन्द हुने स्थिति उत्पन्न हुँदा पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले समस्या समाधानको लागि वार्तामा बसेको जानकारी दिए ।

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो । पशुपति आर्यघाटमा दैनिक करिब एक सय वटा शव जल्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताए ।

हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ३७ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र