‘रामलीला’ लाई चाइल्ड पोर्नसँग तुलना गर्दा ट्रोल भए प्रकाश राज, पक्राउ गर्न माग « Khabarhub

‘रामलीला’ लाई चाइल्ड पोर्नसँग तुलना गर्दा ट्रोल भए प्रकाश राज, पक्राउ गर्न माग


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलाकार प्रकाश राज आफ्नो विवादित बयानका कारण  बेलाबेलामा चर्चामा रहने गर्छन् । एक समाचार च्यानलको कार्यक्रममा पुगेका प्रकाश राज फेरि विवादमा तानिएका छन् । हिन्दू संस्कतिमा उत्सवका साथ मनाइने रामलीलालाई चाइल्ड पोर्नसँग तुलना गरेपछि प्रकाश राज विवादमा मुछिएका हुन् ।

दर्शकले उनलाई ट्रोल बनाएका छन् । उनीमाथि हिन्दू धर्ममाथि चोट पु¥याएको आरोप दर्शकले लगाएका छन् । साथै प्रकाश राजले अभिव्यक्ति दिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

‘यो नचाहिने कुरा हो कि हेलिकोप्टर एक पुष्पक विमान हो, उनमा ३ मोडल मेकअप गरेर राम, लक्ष्मण र सीता बनेर आउँछन्,’ प्रकाश राजले भनेका छन्, ‘फेरि त्यहाँ भएका मान्छेले ती मोडलको पूजा गर्न थाल्छन्, म यो देशमा यस्तो देख्न चाहन्न, यो पूरै वाहियात छ ।’

रामलीलालाई इंगित गर्दै प्रकाश राजले भनेका छन्, ‘यदि मान्छेले भोट दिन्छन् भने उनीहरुलाई छोड्छन् त? यदि बच्चाले पोर्न फिल्म हेर्छन् भने तपाईंले उनीहरुलाई छोडिदिनुहुन्छ? यी दुवै समाजका लागि हानीकारक छन् ।’

लगत्तै अन्तर्वार्ताकारले ‘चाइल्ड पोर्न’ सँगै तुलना गरेको भन्दै प्रश्न उठाउँछन् । यसको उत्तरमा प्रकाश राजले रामलीला जस्तो कार्यक्रम समाजका लागि सही नभएको प्रतिक्रिया दिन्छन् । यसले अल्पसङ्ख्यकमा डरको माहोल बनाउने उनको तर्क छ ।

प्रकाश राजले दिएको अभिव्यक्तिपछि उनी ट्रोलको शिकार भएका छन् । कतिपयले उनलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ३ : ५६ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै