नेप्से परिसूचक झण्डै आठ अंकले वृद्धि « Khabarhub

नेप्से परिसूचक झण्डै आठ अंकले वृद्धि


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अंकले बढेर एक हजार १४२.६० मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर २५०.१७ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने औसत नै रह्यो । आज कुल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरिदबिक्री भयो ।

कारोबार भएका सबै ११ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ ६.६, होटल २१.५१, विकास बैंक ७.६३, जलविद्युत् १६.३, फाइनान्स ३.५१, निर्जीवन बीमा ९.७७, उत्पादन ०.१८, अन्य ४.७४, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा ४८.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अंकले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ७२ लाख १६ हजार ३७६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैंकको रु एक करोड ४६ लाख ९३ हजार २४०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ६१ लाख ७० हजार ३०२, स्टाण्डर्ड चार्टर बैंकको रु ५० लाख ६५ हजार २८५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४९ लाख सात हजार ३२८ र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु ४५ लाख ७१ हजार ३०७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक बढेपनि दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.३५ प्रतिशतले गुमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था २.८९, तारागाउँ रिजेन्सी होटल २.७७, एनएलजी इन्स्योरेन्स कम्पनी २.६३, गुराँस लघुवित्त वित्तीय संस्था १.९८ र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १.९८ प्रतिशतले गुमाए ।

नेको इन्स्युरेन्स कम्पनी शेयरधनीले ५.९८ प्रतिशतले कमाउँदा हिमालयन पावर पार्टन ५.८०, सेन्ट्रल फाइनान्स कम्पनी ५.७१, सिजर्नी पावर डेभलपमेन्ट ५.६६, गुडवील फाइनान्स कम्पनी ४.४४, र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.३३ प्रतिशतले कमाए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ३४ बजे

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा