श्रीलंकाको राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा « Khabarhub

श्रीलंकाको राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ ।

देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गरेका छन् । श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा झण्डै एक करोड साठी लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ ।

उम्मेदवारहरुमध्ये सत्तारुढ दल युनाइटेड नेसनल फ्रन्टका सजिथ प्रेमदासा र प्रमुख प्रतिपक्षी दलका गोताबाया राजापाक्षेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राजापाक्षे पूर्व रक्षा सचिव तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेका भाइ हुनुहुन्छ ।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले नोभेम्बर १६ मा मतदान भई नोभेम्बर १८ मा मतपरिणाम घोषणा हुने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : ३७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा