मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, सरकारबाट भने नबाहिरिने « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, सरकारबाट भने नबाहिरिने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकाले पनि मन्त्रिपरिषद् पुनर्गठनप्रति भने असहमति जनाएको हो ।

पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए ।

उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति जनाएको हो ।
‘यो गठबन्धन संस्कृति विपरित छ । यसप्रति हामी असहमत छौं, बैठकपछि अध्यक्ष यादवले भने ।

कार्यदलमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेको पार्टीका नेता डा. शिवजी यादवले जानकारी दिए ।

समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णयः

१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।

३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ६ : २८ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी