गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस् « Khabarhub

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र ल्याउन लचकता अपनाएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै गगनले अन्तिम दिनसम्म पनि आफूले देउवालाई पर्खिने बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा गगनले प्रस्तुत गरेको विषयबारे जानकारी दिँदै कांग्रेस उपसभापति पुष्पा भुसालका अनुसार १६ गतेसम्म पनि देउवा आउने पर्खाइमा आफूहरू बस्ने विषय सभापति थापाले राखेका छन्।

‘हामीलाई त १६ गतेसम्म पनि देउवा दाइ आएर उद्घाटन गरिदिनुस् भन्ने छ। उहाँबिना यो महाधिवेशन एकताको हुँदैन। त्यसकारण हामी उहाँको पर्खाइ १६ गतेसम्म पनि गर्छौं भनेर सभापतिले बोल्नुभएको छ,’ भुसालले खबरहबलाई भनिन्, ‘देउवा दाइलाई यता ल्याउन सबैले कोसिस गरौँ। अरू नेताले पनि कोसिस गरिदिनुहोस्।’

गगनले बैठकमा भनेको कुरा उद्धृत गर्दै उनले अगाडि भनिन्, ‘अधिवेशनको दिनमा पार्टीका पूर्वसभापतिज्यूले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’

संवाद गर्न नेताहरूको सुझाव

बैठकमा नेताहरूले गगन थापालाई दुईजना बसेर संवाद गर्न आग्रह गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापा बसेर संवाद गर्दै पार्टीलाई एकढिक्का बनाउनका लागि सुझाव दिएको नेताहरूको भनाइ छ।

गगनले पनि शेरबहादुर देउवालाई भेटेर कुरा गर्नका लागि हिच्किचाहट नरहेको ती नेता बताउँछन्। ‘सायद चाँडै नै नमिलेका विषयमा शेरबहादुर दाइ र गगनजी बसेर टुङ्ग्याउनुहुन्छ होला। यतातिर धेरै नेताहरूले सुझाव दिनुभएको छ। युवादेखि पाका नेताहरूको पनि गगनले लचकता अपनाउँदै देउवा दाइसँग भेटेर कुरा गर्नुपर्ने माग छ,’ ती नेताले भने, ‘आज या भोलि नै गगन र शेरबहादुर दाइको भेटघाट हुन सक्छ। करिब ९० प्रतिशत नेताहरू नै यता आउने भएपछि संवाद हुनु स्वाभाविक हो।’

यता, नेता मीन विश्वकर्मा पनि पार्टी एकताका लागि गगन थापा लचक भएकाले दुई नेताबीच भेटघाट हुन सक्ने जानकारी दिन्छन्। कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का भने पार्टी एक बनाउनका लागि महत्वपूर्ण भूमिका खेलिरहेकाले उनीहरूबीच दोमनको वातावरण नरहेको जानकारी दिए।

‘अझै लचकता अपनाउन तयार छु’

सभापति गगनले बैठकमा पूर्वसभापति शेरबहादुर देउवासहित अन्य नेताहरूलाई समेट्नका लागि अझै लचकता अपनाउन आफू तयार रहेको बताएका छन्। उनले एकजना मात्रै लचक भएर एकता नहुने बताउँदै अर्को पक्ष पनि उत्तिकै लचक हुनुपर्ने उल्लेख गरे।

‘केही तपाईंहरूले त्याग्नुहोस्, केही हामी त्याग्छौँ भन्ने किसिमको कुरा छँदै छ। कतिसम्मको लचकता अपनाउनुपर्नेछ, अझै म तयार छु। तर म मात्रै लचक भएर हुँदैन, अर्को पक्ष पनि लचक हुनुपर्छ,’ गगनले बैठकमा भनेका छन्, ‘हाम्रा आ–आफ्ना साथीहरू हुनुहुन्छ, पुरानो घर हो। त्यसकारण उहाँहरू आउँदा हामी सम्मान गर्छौं। कसैले पनि उहाँहरूलाई आउँदा अपमान गर्ने, होच्याउने किसिमको वातावरण नबनोस्।’

कांग्रेस पूर्वसभापति देउवा पक्षका नेता मीन विश्वकर्मा पनि आफूहरूले उनलाई अपमान नगरेको दाबीसहित पार्टी एक बनाउनका लागि भूमिका खेलिरहेको बताउँछन्।

‘देउवालाई हामीले धोका दिएको होइन, उहाँ हाम्रो सम्मानित नेता हो। उहाँलाई सम्मान गर्छौं। कांग्रेस एक बनाउन नै हामी निरन्तर संवाद र छलफलमा छौँ। केही हाम्रा विषयहरू कांग्रेस सभापतिज्यूले समेट्नुभएको छ, केही समेट्ने प्रयत्नमा छन्,’ विश्वकर्माले खबरहबलाई भने, ‘महाधिवेशनसम्ममा आदरणीय नेता पनि आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। विभिन्न कोणबाट संवाद र छलफल जारी छ।’

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा दुई नेताहरू बसेर अन्तिम संवाद गर्नुपर्ने विषय उठान भएको जानकारी उपसभापति भुसालले पनि दिएकी छन्।

मिलाउनु नै मेरो मुख्य एजेन्डा : शेखर

कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस मिल्नु र मिलाउनु नै आफ्नो मुख्य एजेन्डा भएको बताएका छन्। बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरू उपस्थित भएको विषयमा आफू खुसी रहेको उल्लेख गर्दै सबै नेताहरूलाई एक ठाउँमा ल्याउन आफूले विभिन्न कोणबाट छलफल, सल्लाह र काम गरिरहेको बताए।

‘हामीले त एक बनाउन पटक–पटक भूमिका खेलिराखेकै छौँ। के–के त्याग गर्नुपर्छ, त्यो त्याग पनि गरेका छौँ। कति लचकता हुनुपर्छ, त्यो पनि अपनाएका छौँ। एकढिक्का भएको कांग्रेसको महाधिवेशनमा मात्रै हामी सहभागी हुन्छौँ। नत्र भने हुँदैन। त्यसकारण सबै कोणबाट छलफल गराउने कोसिसमा छौँ। पूर्वसभापति शेरबहादुर दाइ सहित अरू शीर्ष नेतालाई पनि कांग्रेसको एकीकृत महाधिवेशनमा सहभागी गराउने प्रयत्न रहन्छ,’ कोइरालाले खबरहबलाई भने।

उनले अगाडि भने, ‘धेरै कुरा मिल्ने प्रयत्नमा छन्। अब एक–दुईवटा कुरा मिल्न बाँकी छ। त्यो पनि गगनजी र देउवा दाइ बसेर मिलाउनुहुन्छ। त्यसमा हामी पनि हुन सक्छौँ।’

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ५ : २७ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले