वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो « Khabarhub

वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’

उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि बताए ।

सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच शनिबार युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।

कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए ।

इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ०२ बजे

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको