कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा « Khabarhub

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध गर्ने निर्णय लिएको छ।

बुधबा बसेको उक्त समूहको बैठकले पार्टी सभापति ऐनबहादुर महरलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक तोकेकोमा आपत्ति जनाउँदै यस्तो निर्णय गरेको हो।

‘नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम १४औं जिल्ला अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिनाजानकारी, विधानविपरीत कथित केन्द्रीय विशेष महाधिवेशन टीके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरियो,’ निर्णय माइन्युटमा उल्लेख छ।

नेपाली कांग्रेसले यही असोज १६ देखि महाधिवेशन गर्दैछ। उता शेरबहादुर देउवा नेतृत्वको इतर समूहले आगामी मंसिर २१ देखि महाधिवेशन घोषणा गरेको छ।

मंगलबार मात्रै देउवाले गगनहरूको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्ताहरूलाई अपिल गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ७ : १२ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको