म्यानचेस्टर सिटीले चेल्सीलाई हराए « Khabarhub

म्यानचेस्टर सिटीले चेल्सीलाई हराए


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जीत निकालेको हो ।

खेलको २१ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसपछि खेलको ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ५१ बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न