म्यानचेस्टर सिटीले चेल्सीलाई हराए « Khabarhub

म्यानचेस्टर सिटीले चेल्सीलाई हराए


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जीत निकालेको हो ।

खेलको २१ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसपछि खेलको ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ५१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा