शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित) « Khabarhub

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

हिमाली तथा पहाडी क्षेत्रका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो ।

शिलाजीत पत्थर पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालोर गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ।

आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रुपमा मानिन्छ । यसलाई जडीबुटीहरूको राजा पनि मानिएको छ ।

बल पुष्टिकारक, ओजवर्द्धक र दौर्बल्यनाशक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरुको लागि मात्र नभइ स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन् । शिलाजीत गहुतरगोमत जस्तो गन्ध आउँछ।

शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ । शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ ।

यसको उचित प्रयोगले मानव शरीरमा लाग्ने आन्तरिक तथा बाह्य रोग निर्मूल हुने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

शिलाजीतका औषधीय गुणहरु

– मधुमेहका बिरामीले शिलाजीतको नियमित सेवन गर्दा धेरै लाभ पु¥याउँछ ।

– कुनैपनि पिसाबसम्बन्धी समस्याहरु शिलाजीतको प्रयोगबाट निर्मुल पार्न सकिन्छ ।

– बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोरीमा पनि शिलाजीतको प्रयोग उत्तम मानिन्छ ।

– यौन दुर्बलता वा यौन क्षमता कमजोर छ भने पनि यसको प्रयोग उपयुक्त मानिन्छ । यसले कुनै पनि साइडइफेक्ट गर्दैन ।

कस्तो अवस्थामा प्रयोग गर्नुहुँदैन

– पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्तबाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ता, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

– शिलाजीत सेवान गर्दा रातो खुर्सानी, तातो खान र पेय पदार्थ, मसलेनदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : २० बजे

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर

‘बच्चाको बाबुसँग नायिका साम्राज्ञीले ‘बेड सेयर गरेपछि’ भाँडियो घरबार’

काठमाडौं – इन्गेजमेन्टपछि व्यक्तिगत जीवनले चर्चामा आएकी नायिका साम्राज्ञी शाहको

सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च

मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि

गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको