बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई प्रधानमन्त्रीको डिनर पार्टी, हटाइएकाहरु बालुवाटार गएनन् « Khabarhub

बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई प्रधानमन्त्रीको डिनर पार्टी, हटाइएकाहरु बालुवाटार गएनन्


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग ईश्वर पोख्रेल

प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन ।

पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् ।

‘बाहिरिनु भएका र नयाँ आउनु भएका सबैलाई डिनरका लागि प्रधानमन्त्री ज्यूले बोलाउनु भएको थियो’ बालुवाटार निकट श्रोतले खबरहबसँग भन्यो,‘तर बाहिरिनु भएका पूर्व मन्त्रीहरु खासै आउनु भएन । नयाँ मन्त्रीहरु मन्त्राणीसहित उपस्थित हुनुभएको थियो ।’

राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन ।

‘यो पारिवारिक भेटघाट र चिनजान जस्तै कार्यक्रम हो,’ बालुवाटार स्रोतले भन्यो,‘यो पुरानै प्रचलन पनि हो ।’

खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए ।
‘औपचारिक कुनै कार्यक्रम भएको होइन’ स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यूले विकास निर्माण, जनचासोलाई ख्याल गरेर अघि बढ्न र सरकारमाथि भइरहेको आक्रमणको डटेर सामाना गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’

केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा