मेडिकल विद्यार्थीको आन्दोलनमा सत्तारुढ दल निकटको विद्यार्थी संगठनको ऐक्यवद्धता « Khabarhub

मेडिकल विद्यार्थीको आन्दोलनमा सत्तारुढ दल निकटको विद्यार्थी संगठनको ऐक्यवद्धता


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न मेडिकल कलेजहरुमा शुल्कको विषयमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ऐक्यवद्धता जनाएको छ ।

नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विज्ञप्ती निकाल्दै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीमाथि दमन, षडयन्त्र र ज्यान मार्ने धम्मी आएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियूले शुल्क फिर्ताको माग गर्ने विद्यार्थीलाई कलेज प्रशासनले हातपात गरेको र होस्टलमा बस्न रोक लगाएको भन्दै विरोध जनाएको छ ।

अनेरास्ववियूले बढी शुल्क लिएका मेडिकल कलेजलाई सरकारले तोकेको मितिभित्र शुल्क फिर्ता गर्न आग्रह समेत गरेको छ ।

सरकारले तोकेको मितिभित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे मेडिकल विद्यार्थीको माग अनुसार आफुहरुले पनि समेत कडा आन्दोलन शुरु गर्ने अनेरास्ववियूले चेतावनी समेत दिएको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ०० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै