सुन्तला खानुका ८ लाभ, उच्च रक्तचापदेखि क्यान्सर सम्ममा फाइदा « Khabarhub

सुन्तला खानुका ८ लाभ, उच्च रक्तचापदेखि क्यान्सर सम्ममा फाइदा


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जाडो लागेसँगै घाममा बसेर सुन्तला खानुको बेग्दै आनन्द हुन्छ । भिटामिन सि को भण्डार भएको फल हो ।

यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ ।

अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ। सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो। चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला।

सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ।

जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो। विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ।

सुन्तलामा प्रसस्त मात्रामा भिटामिन सी पाउनुको साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ। एउटा मध्यम आकारको सुन्तलाले दैनिक चाहिने भिटामिन सी आवश्यकता सजिलै पूरा गरिदिन्छ।

नेपालको पाहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ। सुन्तला सेवनबाट यी फाइदा लिन सकिन्छः

उच्च रक्तचाप

सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता

सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।

छालाको सुन्दरता

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ।

कोलेस्टेरोल

सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ।

क्यान्सर

सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।

स्वस्थ मुटु

सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ।

दृष्टि

सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।

कब्जियत

सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।

सुन्तलाको फल मात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ। तसर्थ, अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खान प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ०७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको