देउवालाई बाँस्कोटाको प्रश्‍न–नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ? | Khabarhub Khabarhub

देउवालाई बाँस्कोटाको प्रश्‍न–नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ?


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको बताएपछि राजनीतिक वृत्त तरंगित भएको छ ।

शनिवार पोखरामा आयोजित एक सभामा देउवाले भारतले नक्सा छाप्नुअघि प्रधानमन्त्री ओलीसँग सहमति लिएको बताएका थिए । उनले त्यसक्रममा ओली लम्पसारवादी भएको र राष्ट्रवादी नेता नभएको आरोप लगाएका थिए ।

त्यसको प्रतिउत्तरमा पोखरा नै पुगेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नाकाबन्दीको बेलामा एक शव्द पनि नबोल्ने देउवाले चुनाव आएको बेलामा कुर्लेर नुहुने जवाफ दिए ।

‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छरु’ उनले भने ।
‘केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनकि गरेको आरोप प्रमुख प्रतिपक्षी दलको नेताले लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदि त्यस्तो हो भने उहाँकोबारेमा केही गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ। यसअघि नेपाल र भारतको सीमा सम्बन्धका कयौँ, विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नु भयो वा अरुको एकलौटी पेलाईमा पर्नुभयो भन्ने जवाफ दिनुपर्छ।’

उनले टनकपुर सन्धि कसैले नबिर्सेको पनि बताए। ‘टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले गलत भनिसकेको छ। त्यो सन्धिबारे देउवाको भनाई के हो ?’, उनले सोधे, ‘यो कस्को पालामा भएको हो ? त्यसैले आरोप लगाउँदा सत्यमा आधारित मात्रै लगाउनुपर्छ।’

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : १० बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता